जर्मनीले दियो नेपाललाई १५ लाख मात्रा फाइजर खोप
बुधबार, ०३ फागुन २०७९, १६ : ४२
काठमाडौं । नेपाल सरकारलाई जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख मात्रा फाइजर खोप नेपाललाई प्रदान गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदुत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।
राजदुत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए । उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गरे ।
यस्तै मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा ज्येष्ठ नागरिकलाई दिइने प्रतिबद्धता व्यक्त गरे । ‘हामी ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन्छौं’, मन्त्री गिरीले भन । उनले नेपालमा आएको भूकम्पको समयमा जर्मनीले गरेको सहयोगको पनि प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु
-
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
-
मन्त्रिपरिषद् बैठक : अध्यादेशका नियमावली पारित
-
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
-
लुम्बिनी प्रदेश स्थापना दिवस : ८ वर्षमा ६ सरकार, ७२ मन्त्री
-
अध्यक्ष प्रचण्ड पर्वत र म्याग्दीको सिमाना स्थल बेनीमा