सडक आसपासमा राखिएका मदिराको होडिङ बोर्ड हटाउन निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक छेउछाउमा राखिएका मदिराजन्य वस्तुको विज्ञापन बोर्ड हटाउन निर्देशन दिएको छ । मन्त्रालयले आज सडक विभागलाई सडक आसपा राखिएका मदिराको होडिङबोर्ड हटाउन निर्देशन दिएको हो ।
‘छेउमा राखिएका मदिराजन्य विज्ञानपनका कारणले चालकलाई डिस्ट्र्याक्सन गर्ने र दुर्घटना बढ्ने हुन सक्छ,’ निर्देशनमा भनिएको छ, ‘नेपाल जनस्वास्थ्य ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामाग्री प्रसारण गर्न पाइने छैन लेखिएको छ ।’
विज्ञापन उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था रहेपनि मदिराको हकमा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । त्यसैले सडक आसपास राखिएका मदिराको विज्ञापनलाई हटाउन सडक विभागलाई निर्देशन दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस