न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प
बुधबार, ०३ फागुन २०७९, १४ : १४

न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प मापन गरिएको छ । त्यहाँका स्थानीयले भूकम्पलाई ‘ठूलो’ र ‘डरलाग्दो’ बताएका छन् ।
ठूला झट्काका साथ सुरु भएको भूकम्पको कम्तीमा ३० सेकेन्डसम्म हल्का धक्का महसुस भएको बताइएको छ ।
जियोनेटका अनुसार भूकम्प स्थानीय समयानुसार साँझ ७.३७ बजे पारामराउमुबाट ५० किलोमिटर उत्तरपश्चिममा ४८ किलोमिटर गहिराइमा गएको थियो ।
राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले सुनामीको खतरा नरहेको बताएको छ । वेलिङ्टन क्षेत्र आपतकालीन व्यवस्थापन कार्यालयले परकम्प आउन सक्ने बताएको छ ।
६.१ तीब्रताको भूकम्प आएको केही समयपछि ४.० को अर्को पराकम्प मापन गरिएको छ । हालसम्म क्षतिको कुनै खबर छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण
-
गोप्य सूचना चुहाएपछि मेटामा २० जना कर्मचारी बर्खास्त
-
अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुने
-
बलात्कार आरोपमा युवक पक्राउ
-
सुदूरपश्चिम स्पोटर्स अवार्डको मुख्य प्रायोजकमा एसपीए
-
थाइल्याण्डबाट ल्याएको २२ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद