शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध

बुधबार, ०३ फागुन २०७९, १४ : ०३
बुधबार, ०३ फागुन २०७९

काठमाडौँ । नेपाल टेलिकम कर्पोरेसनको (नमस्ते) मा फेरि फोन नलाग्ने समस्या आएको छ । यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो । नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबैखाले सेवा अवरुद्ध बनेको छ ।

टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या आएको हो । टेलिकमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले यसबारे जानकार नभएको जानकारी दिए । तर, टेलिकमको सिमबाट टेलिकम र अन्य कम्पनीको सिममा फोन गर्दा सम्पर्क नभएको भन्छ ।

यस्तै, फोन नै नलागी उठेन र व्यस्त छ भन्ने जवाफ आइरहेको छ । अन्य कम्पनीबाट टेलिकमको सिममा फोन गर्दा समेत समस्या देखाइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप