अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरियो : कांग्रेस सांसद थिङ
बुधबार, ०३ फागुन २०७९, १२ : २७

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सुशीला थिङले अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरिएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अनागरिकलाई गृहमन्त्री काम नेपालको इतिहासकै गम्भीर भूल भएको बताएकी हुन् ।
‘म त्यस्तो जिल्लाबाट प्रतिनिधित्व गरेको छु, जहाँका जनता ब्रिटिस सेनाका अगाडि झुकेनन् तर यो संसद्बाट नेपालको इतिहासमा नभएको भूल भएको छ,’ सांसद थिङले भनिन्, ‘अनागरिकलाई गृहमन्त्री बनाएर शिर निहुर्याउने काम भएको छ, ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३२ दिन उपप्रधान तथा गृहमन्त्री बनेका थिए । सर्वोच्चले उनको नागरिकता अवैध ठहर गरिदिएपछि लामिछाने माघ १३ मा पदमुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक
-
‘झण्डै लडेको’मा रातामकै र दीपाश्रीको ठूम्का
-
अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै
-
सुमनाले कांग्रेस नेताले सार्वजनिक जग्गा प्रयोग गरेको आरोप लगाएपछि प्रतिनिधिसभामा लफडा
-
अर्घाखाँचीमा गाडी दुर्घटना, ७ जना घाइते
-
टीसीएलको पश्चिम नेपालमा डिलर मिट सम्पन्न