शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

एउटा इन्स्टाग्राम स्टोरी र १० वर्ष जेल सजाय

बुधबार, ०३ फागुन २०७९, ११ : ३२
बुधबार, ०३ फागुन २०७९

रुसमा एक विश्वविद्यालयकी विद्यार्थीलाई १० वर्षसम्मको सजाय हुनसक्छ । कारण, युक्रेन युद्धको समयमा इन्स्टाग्राममा पोस्ट गरिएको एउटा स्टोरी । ओलेस्या क्रिवटसोवा पछिल्ला केही दिनदेखि विश्वविद्यालय जान पाइरहेकी छैनन् । उनी घरमै नजरबन्दमा छिन् ।

२० वर्षीया ओलेस्याको खुट्टामा इलेक्ट्रिक ट्याग लगाइएको छ र पुलिससँग उनीबारे पलपलको जानकारी छ । ओलेस्याको अपराध यो हो कि उनले युक्रेन–रुस युद्धको विरुद्धमा सोसल मिडियामा पोस्ट गरेकी थिइन् । यीमध्ये यो पोस्ट क्राइमियाको पुल उडाउनेसँग सम्बन्धित थियो ।

ओलेस्याले भनिन्, ‘मैले इन्स्टाग्राममा पुलसँग सम्बन्धित स्टोरी पोस्ट गरेको थिएँ कि युक्रेनका जनता यसबाट कति दुःखी छन् । मैले मेरो साथीको युद्धसँग सम्बन्धित पोस्ट पनि सेयर गरेको थिएँ ।’

ओलेस्या भन्छिन्, ‘यी पोस्ट पछि मेरी आमासँग फोनमा कुरा गर्दै थिएँ । त्यति नै बेला कसैले ढोका ढकढकायो । ढोका खोल्दा प्रहरी आयो । मेरो फोन खोसियो र मलाई भुईँमा पछारे ।’

ओलेस्यामाथि आतङ्कवादको औचित्यलाई सही बताएको र रुसी सेनाको योगदानलाई अस्वीकार गरेको आरोप लगाइएको छ । यी आरोपका कारण, ओलेस्यालाई १० वर्षको लागि जेल हुनसक्छ ।

russia2ओलेस्यालाई अदालत आउन र घर जान मात्रै अनुमति छ । ओलेस्याले भनिन्, ‘सोसल मिडियाको एउटा पोस्टले यति लामो सजाय निम्त्याउन सक्छ भन्ने अनुमान पनि गरेको थिइनँ ।’

ओलेस्याको हातमा पुटिनको ट्याटु पनि छ, जसमा लेखिएको छ – बिग ब्रदरले तपाईँलाई हेरिरहनुभएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप