जुम्लाबाट लागुऔषधसहित एक जना पक्राउ
बुधबार, ०३ फागुन २०७९, १० : ३५

जुम्ला । जुम्ला प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका-७ सडक खण्डबाट गोप्य सूचनाको आधारमा एक जनालाई पक्राउ गरिएको हो ।
चन्दननाथ-९ उमखोला वस्ने वर्ष १९ को कवीन्द्र रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए । उनका अनुसार रावल क १ ज ४८ नं. सुजुकी कम्पनीको खैरो रङ्गको ईइसियो भ्यानका चालक समेत हुन्। शङ्कास्पद रूपले गाडी भित्र बसी रहेको अवस्थामा सादा पोसाकमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकाया हितको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा निजले लगाएको सेतो कालो कलरको ज्याकेटबाट निज बसेको सिटमा लागुऔषध लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
-
१० औँ राष्ट्रिय खेलकुद जेठमा नहुने
-
नगरकोट भ्रमण वर्ष तयारी पूरा
-
तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : महेश बर्तौला
-
मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योग मन्त्री
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की