आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदै
काठमाडौँ । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस हरेक वर्षको फेब्रुअरी १५ मा मनाउने गरिन्छ। 'जीवन रक्षा : तपाईको हातमा’ नारासहित यसपटक अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवसको मनाउन लागिएको हो । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो।
हरेक ३ मिनेटमा विश्वभरमा एक बालबालिकाको क्यान्सरले गर्दा मृत्यु हुने गरेको छ । यसबाट क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्छौ । हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसङ्ख्याहरूमा क्यान्सर हुने गरेको पाइन्छ। उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यान्सरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ ।
साथै बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यो दिवस मनाउने गरिएको हो । समयमै पत्ता लगाएर उपचार गरे बालबालिकामा हुने क्यान्सर ९० प्रतिशतभन्दा बढी निको हुने कान्ति बाल अस्पतालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा करिब ५८ प्रतिशत सवारी साधन मापदण्ड विपरीत
-
योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना
-
‘शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध’
-
बोहोराको कविता सङ्ग्रह ‘अपरावर्ती’ सार्वजनिक
-
विष्णुपुर सवस्टेशन अन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
-
१० बजे १० समाचार : ग्यासमा अनुदान, माओवादी बैठकमा पासाङको ‘डिमान्ड’