सवारी दुर्घटनामा २० जनाको मृत्यु
मङ्गलबार, ०२ फागुन २०७९, २१ : ३६

जोहानेसवर्ग । दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुइँकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् ।
क्षेत्रीय यातायात विभागका एक अधिकारीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
राजमार्ग नजिकको नदीमा पनि बसका यात्री खसेका आशङ्कामा प्रहरी गोताखोर परिचालन गरेर खोजी भइरहेको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन ।
दुर्घटना भएको भेगमा विगत केही दिनदेखि भारी वर्षा भएकाले चिप्लोमा ती सवारी साधनले नियन्त्रण गुमाएका अनुमान गरिएको छ । दक्षिण अफ्रिकाका धेरै भूभाग बाढीको चपेटामा परेका छन् । बाढीमा परी हालसम्म सात जनाको ज्यान गएको छ । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुट्टाले बताउँछ तपाईँको स्वास्थ्यको अवस्था !
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी
-
पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो