चिनियाँ प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच भेटवार्ता
बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले मङ्गलबार बेइजिङमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति इब्राहिम रायसीसँग भेटवार्ता गरेका छन् ।
सो अवसरमा प्रधानमन्त्री लीले चीन र इरान दुवै प्राचीन सभ्यता भएको र आफ्ना जनताबीच मैत्रीपूर्ण भावना र विचार आदानप्रदानको लामो इतिहास रहेको बताएका छन् ।
चीनले चीन-इरान सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र इरानसँग पारस्परिक सम्मान र समान व्यवहार गर्न इच्छुक रहेको उनको धारणा छ।
चीनले इरानसँग व्यावहारिक सहयोगको स्तर सुधार गर्ने दिशामा काम गर्न इच्छुक रहेको पनि बताउँदै लीले चीन-इरान बृहत् सहयोग योजना कार्यान्वयन गर्न, अर्थतन्त्र, व्यापार र अन्य क्षेत्रमा सहयोग प्रवर्द्धन गर्न, उत्पादन निर्यातलाई पारस्परिक रूपमा विस्तार गर्न र त्यसको कार्यान्वयनलाई प्रवर्द्धन गर्न दुवै पक्षलाई आह्वान गरेको छ ।
जनताको जीविकोपार्जनमा सुधार गर्न, कर्मचारी आदानप्रदान बढाउन र दुई देशबीचको मित्रताको जनस्तरमा सुदृढ पार्ने पारस्परिक लाभकारी परियोजनाहरू अगाडि बढाउन पनि काम गर्ने उनले उल्लेख गरेका छन् ।
इरान र चीनबीचको मित्रतालाई उजागर गर्दै रायसीले इरान चीनसँगको सम्बन्ध थप विकास गर्न प्रतिबद्ध रहेको पनि बताए ।
उनले इरानले पारस्परिक सम्मान, पारस्परिक लाभ र जितको नतिजाको आधारमा दुई देशको बृहत् सहयोग योजना कार्यान्वयन गर्न र विभिन्न क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउन एवं द्विपक्षीय सम्बन्धको निरन्तर विकासलाई प्रवर्द्धन गर्न इच्छुक रहेको बताए ।
यसैगरी इरानले अन्तर्राष्ट्रिय मामिलाहरूमा चीनसँग सञ्चार र समन्वयलाई सुदृढ गर्न इच्छुक रहेको पनि बताएका छन् । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति