जनताले महसुस गर्ने गरी विकासका गतिविधि अगाडि बढाउँछौँ : मुख्यमन्त्री जम्कट्टेल

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले जनताले देख्ने र महसुस गर्ने गरी विकासका कामलाई अगाडि बढाउने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले मध्यपुरथिमिमा आज आयोजना गरेको मुख्यमन्त्री र प्रदेश सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले भक्तपुरको आवश्यकता पहिचान गरेर विकासका योजना माग गर्न आग्रह गरे । शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादनलगायत क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने मुख्यमन्त्री जम्कट्टेलको भनाइ थियो ।
“प्रदेश सरकारले नेपाल भाषा र तामाड भाषालाई कामकाजी भाषा बनाउने निर्णय गरेको छ, चालू आर्थिक वर्षमा लागू गर्ने गरी प्रदेशसभाले कानुन बनाएर कार्यान्वयनमा लैजाने तयारी गरेको छ”, उनले भने ।
कार्यक्रममा माओवादी केन्द्रका नेताहरु दिलीप प्रजापति, देवेन्द्र श्रेष्ठ र डिपी ढकाल मध्यपुरथिमि नगर सभापति एवं नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले जिल्लाको विकास तीव्र गतिमा गर्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्