‘घिर्लिङ’ मा सागर र सिम्पलको प्रेमकथा

काठमाडौँ । हास्य श्रृखला ‘सक्किगोनी’ मा बलेको चरित्रबाट चर्चित कलाकार सागर लम्साल सिरियको अलवा पछिल्लो समय म्युजिक भिडियोमा लगातार देखिँदै आएका छन् । नाम र दाम दुबै हुने भन्दै उनी लगातार भिडियो अभिनय गरिरहेका हुन् ।
यस्तैमा सागर अभिनीत नयाँ म्युजिक भिडियो ‘घिर्लिङ’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक म्युजिक भिडियोमा सागरलाई मोडल सिम्पल खरेलले साथ दिएकी छन् ।
भिडियोमा युवा युवतिको पहिलो भेटदेखि प्रेम र विवाहसँगको प्रशंग रोचक तरिकाले देखाइएको छ । भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
गायक अभिनय निरौला र गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द निरौलाकै छ । योगेन्द्र उपाध्यायको संगीत रहेको गीतमा कुशल सिंहको संगीत संयोजन छ ।
भिडियोमा विकास धमलाको सम्पादन र वुद्ध थापाको छायांकन छ । मेलबर्न अस्ट्रेलियामा बसोबास गर्दै आएका गायक निरौलाका यस अगाडि ‘हुन्न नभन’, ‘अन्तै मबाट’ बोलका गीत आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)
-
जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल
-
दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य
-
विद्युत् प्राधिकरण भन्छ- लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी