आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

आप्रवासी नेपालीहरूको हकहितमा श्रम सचिवको जोड

मङ्गलबार, ०२ फागुन २०७९, १९ : ४७
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा जोड दिएका छन् । 

दुबईमा चलिरहेको विश्व सरकार शिखर सम्मेलनमा बोल्दै उनले नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका विषयमा  गन्तव्य मुलुकका सरकारहरूको ध्यानाकर्षण गराएका हुन् । 

उनले श्रमिकहरूको व्यावसायिक तालिमका विषयमा आफ्नो धारण राखेका छन् । 

सो अवसरमा उनले श्रमिकहरूका समस्याका विषयमा साझा धारणा बनाउन बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनामका श्रम मन्त्रीहरूसँग छलफल गरेका थिए । उक्त सम्मेलन ४ दिन सम्म चल्नेछ ।

ss

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप