रानीमहलमा प्रेम जोडीद्वारा माया साटासाट
![रानीमहलमा प्रेम जोडीद्वारा माया साटासाट](https://npcdn.ratopati.com/media/news/Ranimahal111111_xwT9Hx3Hrc.jpg)
पाल्पा। नेपालको ताजमहल भनेर चिनिने प्रेमको प्रतीक पाल्पाको रानीमहलमा प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मङ्गलवार प्रेम जोडीहरू सम्मानित भएका छन् ।
मङ्गलवार रानीमहल पुगेका प्रेम जोडीहरूले एक आपसमा गुलाफको फूलसहित माया साटासाट गर्दै प्रेमलाई आजीवन बनाउने प्रण गरे । रानीमहललाई स्थापित गर्न प्रेम जोडीलाई सम्मान तथा प्रेम साटासाट गर्ने कार्यक्रम गरिएको तानसेनका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । रानीमहलमा दुई दर्जन प्रेम जोडीहरू सम्मानित भए ।
तानसेन नगरपालिकासँग नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) लुम्बिनी प्रदेशले पनि समन्वय गरेर कार्यक्रम गरिएको लागिएको नाट्टाका प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।
उत्तर बाहिनी गंगाको दर्शन गरी रानीमहलको महादेव मन्दिरमा सिक्का चढाउने र दिइने बचनले युगौँ युगसम्म प्रेम अमर रहन्छ भन्ने मान्यता रहिआएको छ । यही मान्यतालाई देश विदेशसमक्ष पुर्याउन र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रानीमहलमा विविध कार्यक्रम गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीले देशका हरेक गतिविधि बुझन जरुरी छ : अध्यक्ष राउत
-
दोलखाको सैलुङमा पुरातात्त्विक महत्त्वको घण्टी चोरी, प्रहरी भन्छ– चोर खोज्दैछौँ
-
‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’
-
गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
-
पोखरा घटनापछि गृहमन्त्रीले भने– आगामी दिनमा सतर्कता अपनाउनुपर्छ
-
‘प्रारम्भिक बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउनुपर्छ’