संघीय निजामती ऐनबारे ट्रेड युनियनका पदाधिकारीसँग छलफल, अधिकारी कटौती नगर्न आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका छन् ।
संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरिरहेका मन्त्री अमनलाल मोदीले आज सिंहदरबास्थित मन्त्रत्रालयमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका हुन् ।
छलफलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी कर्मचारी मञ्च लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।
ट्रेड युनियनका पदाधिकारीहरुले ऐन ल्याउँदा यसअघि उल्लेख भएका आफूहरुको अधिकारी कटौती नगर्न सुझाव दिए । त्यसका साथै कर्मचारीका हक हितलाई केन्द्रमा राखी समयसापेक्षताको आधारमा ऐन ल्याउनुपर्नेमा उनीहरुको सुझाव थियो ।
परामर्श लिने क्रममा मन्त्री मोदीले सबैको भावनालाई एकत्रित गरेर ऐन ल्याउने बताए । “सबैको भावना समेटेर हामी ऐन ल्याउँछौँ, सबैसँग राय लिने क्रममा छु, कर्मचारीहरुको हितलाई केन्द्रमा राखेर नै हामी ऐन ल्याउने दिशामा छौँ” उनले भने ।
मन्त्री मोदीले ऐनको सन्दर्भमा यसअघि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वसचिव लगायतसँग छलफल गरिसकेका छन् ।
मन्त्रालयले यस अघि तयार भएको मस्यौदालाई संघीयता कार्यान्वयनको अहिलेसम्मको अनुभव, विकसित नयाँ घटनाक्रम र नेपालको आवश्यकतालाई आधारमा मानेर परिमार्जनसहित ऐन ल्याउने गृहकार्य गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेश र श्रीलंका बनाउने सिंहको चेतावनी
-
तस्बिरमा हेर्नुहोस् बल्खुमा राप्रपाको खबरदारी सभा
-
त्रिविका रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब
-
चोरी भएका २० ओटा दुई पाङ्ग्रे सवारी धनीलाई हस्तान्तरण
-
‘वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ’
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर