कार्यालयमा आयकरको छापापछि बीबीसीको बयान

दिल्ली र मुम्बईको बीबीसी कार्यालयमा आयकर विभागको छापा जारी छ । मङ्गलवार बिहान आयकरको तर्फबाट कम्पनीका दुई कार्यालयमा छापामारी गरियो । अन्तर्राष्ट्रिय करमा गडबडीको विषयमा आयकरको तर्फबाट अनुसन्धान सुरु गरिएको छ । यो कारबाहीमा कम्पनीको तर्फबाट पहिलो बयान सार्वजनिक भएको छ । बीबीसीले आफूहरूले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएको छ । यो मुद्दा छिटोभन्दा छिटो सुल्झिने पनि आफूहरूले अनुमान गरेको बताएको छ ।
जारी बयानमा बीबीसीले भनेको छ, ‘आयकरको टिम अहिले पनि कार्यालयमा छ र हाम्रो तर्फबाट पुरा सहयोग हुँदै छ । यो मुद्दा छिटोभन्दा छिटो सुल्झिने आशा छ । ’
आयकर विभागले यसलाई कर छलीसँग जोडेर हेरिरहेको भए पनि यति बेला भारतमा बीबीसी आफ्नो गुजरात दङ्गाको डकुमेन्ट्रीका कारण विवादमा तानिएको छ । यति बेला छापामारी गरिँदा विपक्षले प्रश्न उठाइरहेका छन् । उनीहरुले यसलाई लोकतन्त्रको हत्यासमेत बताइरहेका छन् । कतिले यसलाई अघोषित आपत्काल पनि भनिरहेका छन् ।