बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

रोड थ्रिलर फिल्म ‘बाटो’ को इन्ड क्ल्याप

मङ्गलबार, ०२ फागुन २०७९, १६ : ४९
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौंँ । फिल्म ‘बाटो’को इन्ड क्ल्याप गरिएको छ । गत जेठ २९ गतेदेखि छायांकन सुरु भएको फिल्मको सोमबार (१ फागुनमा) इन्ड क्ल्याप गरिएको हो । 

काठमाडौंबाट छायांकन सुरु भएको फिल्म उदयपुरको गाइघाट र काठमाडौंका विभिन्न स्थानको छायांकनपछि सकिएको हो । फिल्मको अन्तिम दृश्य काठमाडौंको कोलोपुलस्थित एक घरमा खिचिएको थियो ।

काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मदन थापा हुन् । फिल्ममा लेखन समेत निर्देशक थापाकै रहेको छ । फिल्मका छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि निर्माण युनिटले चेन्नइबाट झिकाएको हो । 

रोड थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘बाटो’मा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतको मुख्य भूमिकामा छन् । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर पनि हुन् ।

फिल्मको पोष्ट प्रोडक्सनको पुरै कार्य मुम्बईमा हुनेछ । केही दिनभित्रै पोष्ट प्रोडक्सन सुरु हुने फिल्म अर्काे वर्ष भित्रमा रिलिज गर्ने योजना निर्माण युनिटको छ । फिल्म नेपालीसहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजीमा भाषामा समेत तयार हुने निर्माता चन्दन झाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप