बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मधेस कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन होस् : शर्मा

मङ्गलबार, ०२ फागुन २०७९, १६ : ४७
मङ्गलबार, ०२ फागुन २०७९

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मधेस प्रदेश दलका नेता अभिराम शर्माले मधेस कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग गरेका छन् । मधेस प्रदेशसभाको ५ औँ वार्षिकोत्सवमा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार बुलेट ट्रेनभन्दा गतिमा काम गर्छ भनेको अभिव्यक्तिलाई ईंगित गर्दै उनले उक्त विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन गर्न एक समिति गठन गर्न माग गरेका हुन् । 

प्रदेश सरकारको विशेष महत्त्वाकाङ्क्षी ऐन बनाएरै ल्याइएको योजनाको कृषि विश्वविद्यालयको गाडी र कर्मचारी कोही निजी व्यक्तिले प्रयोग गर्नु दुखद रहेको बताए । मधेस प्रदेश प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै उनले भने, ’बा.२ झ २४१५ नम्बरको प्रदेश सरकारको गाडी कुनै व्यक्ति चढिरहेको छ । प्रदेश सरकारको कर्मचारी कसैको निजी रूपमा प्रयोग गरी रहेको छ । सरकारलाई यस्ता अनियमित कार्य रोक्न ध्यानाकर्षण गराउँछु ।’

शर्माले प्रदेशका कृषि मन्त्रीले किसानलाई निःशुल्क विद्युत् महसुल र मल खाद्यको बढाएको गतिविधि सकारात्मक पहल भएको भन्दै उनले सो कार्यको स्वागतयोग्य भएको बताए । विगतमा भएको सकारात्मक र रचनात्मक कार्यलाई निरन्तरता र सौन्दर्यीकरणको नाममा भ्रष्टाचार, नदी नियन्त्रणमा भ्रष्टाचार र कृषिमा भएको भ्रष्टाचारको सबै फाइलहरू प्रदेशसभामा लेखा समितिमा यथास्थितिमा रहेको हुँदा यी अनियमितताहरू गम्भीरताका साथ अगाडी बढाउन माग समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप