अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौँ । अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार ! गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने नाराको साथ आजबाट सुरु भएको महाधिवेशन ४ गतेसम्म चल्नेछ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, विभिन्न विद्यार्थी संगठनमा नेताहरू लगायतको उपस्थिति रहेको छ । महाधिवेशनको उद्घाटन सत्र अघि उपत्यकाका विभिन्न स्थानबाट र्याली निस्किएको थियो ।
तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै तीन वटा आयोगहरू (लेखा, अनुशासन र निर्वाचन) समेत चयन गर्नेछ । देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी रहेको महाधिवेशनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने प्रयत्न गरिने नेताहरूले बताएका छन् । पार्टी अध्यक्ष ओलीले समेत सहमतिको आधारमा नेतृत्व चयन गर्न भनेका छन् । सहमतिको आधारमा नेतृत्व चयन गर्न नसकेको खण्डमा गुटबन्दी हुने र आसन्न स्ववियु निर्वाचनमा समेत असर पर्ने भन्दै ओलीले सहमतिमा जोड दिएका हुन् ।
यसअघि गत असोज १ र २ गते काठमाडौँ विधान महाधिवेशन गरेको थियो । जसबाट नीति, एजेन्डा, कार्यक्रम र सांगठनिक संरचनासहितको आन्तरिक विधान तय गरेको थियो । अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी
-
पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो
-
आँटेको पुर्याइदेउ बागलुङ कालिका...