आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

जनउत्थान सामुदायिक लघुवित्तले १५ प्रतिशतले लाभांश दिने

मङ्गलबार, ०२ फागुन २०७९, ११ : ५८
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं  । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कम्पनीले १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुमा लाभांश वितरण गरिने छ । 
गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप