शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

अखिल क्रान्तिकारीका इन्चार्ज हितमान शाक्य भन्छन्– सबैलाई मिलाएर राष्ट्रिय सम्मेलन गर्ने हो

मङ्गलबार, ०२ फागुन २०७९, ११ : ४५
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव तथा अखिल क्रान्तिकारीका इन्चार्ज हितमान शाक्यले पन्चा सिंह नेतृत्वको कमिटी विघटन नभएको बताएका छन् । सङ्गठनभित्रबाटै थरीथरीका धारणा आएपछि उनले यस्तो बताएका हुन् ।

‘अखिल क्रान्तिकारीको पन्चा सिंह नेतृत्वको विघटन गर्ने भन्ने होइन । सबैलाई मिलाएर लग्ने भनिएको छ,’ रातोपाटीसँग कुरा गर्दै शाक्यले भने, ‘अहिले भएका सबै अखिल क्रान्तिकारीलाई समेटेर स्ववियू चुनावमा जाने र राष्ट्रिय सम्मेलनमा जाने भन्ने हो ।’ 

तर, भइरहेको अखिल क्रान्तिकारीलाई विघटन गरेर आयोजक समिति बनाउने भन्नेचाहिँ नभएको शाक्यले बताए । अखिल क्रान्तिकारीमा पवन कार्कीले समानन्तर कमिटी बनाएका छन् । 

अखिल क्रान्तिकारी गुटबन्दीको सिकार भएपछि स्ववियू चुनाव लगत्तै राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप