यातायात व्यवसायीको जायज माग र मुद्दा सम्बोधन हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ
मङ्गलबार, ०२ फागुन २०७९, १० : १३

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गरिने बताएका छन् ।
आज सिंहदरबारमा यातायात व्यवसायी तथा मजदुरसँग भएको वार्ताको क्रममा मन्त्री श्रेष्ठले जायज माग र मुद्दा सम्बोधन हुने बताएका हुन् ।
मन्त्री श्रेष्ठले भने -'यातायात व्यवस्था सुधार कार्यदल गठन भएको छ । यो कार्यदलले पनि एउटा खाका तयार पार्छ । यो कार्यदलले यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको समेत माग सम्बोधन गर्नेछ । यातायात क्षेत्रको समग्र समस्या समाधान गर्छ ।'
यातायात व्यवसायी र यातायात मजदुरले भोगिरहेको समस्या मन्त्रालय र राज्यकै समस्या भएकोले यसको समाधान गरिने भन्दै मन्त्री श्रेष्ठले आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव
-
१४ दिनदेखि सडकमै छन् शिक्षक, भर्ना अभियान अन्योल (तस्बिरहरू)
-
सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
-
रजत विजेता दावा नगदसहित सम्मानित