सरकार र यातायात मजदुर तथा व्यवसायीबीच वार्ता सुरु
काठमाडौँ । सरकार र यातायात मजदुर तथा व्यवसायीबीच वार्ता सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ । यस्तै यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको समेत उपस्थिति छ ।
बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकारले यातायात व्यवसायीलाई वार्तामा बोलाएको हो ।
आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीलाई विवाह, बिरामी र विद्यार्थी बोकेको गाडी चल्न दिन निर्देशन दिइएको अखिल नेपाल यातायात मजदुर सङ्घ, बागमती प्रदेशको अध्यक्ष विष्णु गुरुङले रातोपाटीलाई बताए ।
सोमबार ल्होत्से मलमा यातायात मजदुरहरूलाई कुटपिट भएपछि आन्दोलन सुरु भएको थियो । अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले आन्दोलनल्होत्सेविरुद्ध मात्र नभई उपत्यका ट्राफिक प्रहरीहरूविरुद्ध पनि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति