गण्डकी सरकार न्यूनतम साझा कार्यक्रम ल्याउने तयारीमा
पोखरा । थरिथरि विचार र आस्था भएका पार्टी एउटै सरकारमा हुँदा उसले के गर्ला १ सहमतिको बाटो हिँड्न संघीय सरकारले न्यूनतम साझा कार्यक्रम बनायो । भिन्न उद्देश्य र लक्ष्य बोकेका पार्टीहरु मिलेर सरकार बनाउँदा न्यूनतम साझा कार्यक्रमको आवश्यकता खड्किएको थियो ।
त्यसो त प्रदेशहरुमा पनि उही अवस्था छ—थरिथरि विचार र आस्था भएका पार्टीहरुको मिलीजुली सरकार । गण्डकीका एमाले संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वका सरकारमा माओवादी र राप्रपा पनि सामेल छन् ।
यी पार्टीको न्यूनतम साझा कार्यक्रम के गर्छ भन्ने प्रश्नमा मुख्यमन्त्री अधिकारी भन्छन्, ‘मूलभूत रुपमा हामीले केन्द्रको साझा न्यूनतम कार्यक्रमलाई कार्यान्वयन गर्छौ,’ उनले भने, ‘प्रदेशले छुट्टा छुटै निकाल्ने विषयमा पनि हामी छलफल गर्दैछौं ।’
मुख्यमन्त्री अधिकारीका अनुसार संघ सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रम नै प्रदेशले कार्यान्वयनमा जोड दिन्छ । ‘प्रदेशको स्वेत पत्र सार्वजनिक गर्ने विषयमा पनि सोचिरहेका छौं,’ मुख्यमन्त्री खगराज अधिकारीले भने ।
संघ सरकारले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको अनुसन्धान अघि बढाउने नीति लिएको छ । न्यूनतम कार्यक्रमा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउने उल्लेख छ ।
सरकारले ६ महिनाभित्र नागरिकताको सबै समस्या समाधान गरिने उल्लेख गरेको छ । न्यूनतम कार्यक्रममा सरकारले नागरिकहरुलाई सेवा सुविधा दिने, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका विकृतिहरु सुधार्ने, बिग्रेको आर्थिक अवस्था सुधार ल्याउने देखि सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने लगायतका विषयहरु छन् ।
सत्ता साझेदार दलहरूले उठाएका साझा विषयलाई समेटेर तयार पारिएको न्यूनतम साझा कार्यक्रममा जनसरोकारका विषयलाई विशेष प्राथमिकता दिइएको छ ।
महँगीको अन्त्य गर्ने, कालोबजारीमाथि कडा कारबाही गर्ने, बजार अनुगमनलाई व्यापक बनाउने, यो वर्ष सरकारी गाडी नकिन्ने र कार्यालय खर्च कम गर्ने प्रतिबद्धता योजना लिएको छ । तर, प्रदेश सरकार गठन भएको १ महिना बढी हुँदा पनि स्पष्ट कार्यदिशा निर्देश गर्न सकेको छैन ।
सरकारमा सहभागी दल माओवादी केन्द्रका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमानले न्यूनतम साझा कार्यक्रमकको ड्राफ्ट तयार भएको बताए ।
‘ड्राफ्ट तयार भएको छ । यसले पूर्णता पाएर निष्कर्षमा पुगेको छैन,’ उनले भने, ‘आउने अधिवेशनमा मान्ने प्रदेश प्रमुखले प्रदेश सभामा संबोधन गर्दा नै सरकारले बनाएको न्यूनतम साझा कार्यक्रमलाई बाहिर ल्याइउने हाम्रो सामान्य योजना भएपनि गर्ने नगर्ने हामी अन्तिम तयारीमा छौं ।’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डे सरकारले ल्याउन साझा न्यूनतक कार्यक्रम आफूहरुसँग सरोकार नभएको बताउँछन् । ‘साझा न्यूनतम कार्यक्रम ल्याउने नल्याउने सरकारको कुरा हो । प्रतिपक्ष दलले साझा कार्यक्रम ल्याइदियोस् नल्याइदियोस् भन्ने हो र ?’ उनले भने ।
न्यूनतम साझा कार्यक्रम ल्याउन दायित्व सरकारको भएको उनको भनाइ छ । ‘सरकारमा सहभागी भएका दलहरुलाई किन ल्याउनु भएन भन्ने कुरा सरकारलाई थाहा होला । पुरानै सरकारका कार्यक्रमलाई निरन्तरता दिँदै हुनुहुन्छ कि ? किन ल्याउनुभएन । त्यो मलाई सोध्ने होइन,’ उनी भन्छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकीको मुख्यमन्त्री अधिकारीलाई मा पुस २५ गते नियुक्त गरेका थिए । अधिकारीले आफूसँगै दुई जना विना विभागीय मन्त्रीलाई साथमा लिएर सपथ खाए । तर, समयमा जिम्मेवारी दिन सकेनन् ।
मन्त्री नियुक्त भएको १५ दिनसम्म पनि मन्त्रीले जिम्मेवारी नपाउँदा बधाई लिने बाहेक कुनै पनि उल्लेखनीय काम गर्न सकेनन् । पुस २९ गते प्रदेश सभाबाट विश्वासका मत पाएपनि माघ १० गतेमात्र ७ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरुको जिम्मेवारी तोके ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी