बालाजु झडप : घाइते हुने प्रहरीको संख्या १७ पुग्यो

काठमाडौँ । बालाजुमा यातायात मजदुरको प्रदर्शनमा झडप हुँदा घाइते हुने प्रहरीको संख्या १७ पुगेको छ । हुलदंगा नियन्त्रणमा खटिँदा घाइते हुनेमा प्रहरी इन्स्पेक्टर शेरबहादुर बस्नेत पनि छन् । उनीहरूको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरी अस्पतालमा कार्यरत एकजना चिकित्सकले रातोपाटीलाई बताए । ती चिकित्सकले भने–‘ ५ बजेदेखि घाइते प्रहरी कर्मचारी आउन थालेका थिए ।’
सोमबार बालाजुस्थित नयाँबसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरसहितको समूहले मजदुरहरूलाई आक्रमण गरेपछि झडपको अवस्था आएको बताइएको छ ।
मजदुरहरूमाथि भएको आक्रमणविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले प्रदर्शन गरेका थिए । ती संगठनले आफ्ना १० बुँदे माग पुरा नभएसँम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने निर्णय गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन