बालाजु घटना : इन्स्पेक्टरसहित १४ जना प्रहरी घाइते
काठमाडौं । बालाजुमा यातायात मजदुरको प्रदर्शनमा झडप हुँदा १४ जना प्रहरी घाइते भएका छन् ।
हुलदंगा नियन्त्रणमा खटिँदा घाइते हुनेमा १ जना प्रहरी इन्स्पेक्टर छन् । उनीहरूको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरी अस्पतालमा कार्यरत एकजना चिकित्सकले रातोपाटीलाई बताए । ती चिकित्सकले भने–‘५ बजेदेखि घाइते प्रहरी कर्मचारी आउन थालेका थिए ।’
सोमबार बालाजुस्थित नयाँबसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरसहितको समूहले मजदुरहरूलाई आक्रमण गरेपछि झडपको अवस्था आएको बताइएको छ ।
मजदुरहरूमाथि भएको आक्रमणविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले प्रदर्शन गरेका थिए ।
ती संगठनले आफ्ना १० बुँदे माग पुरा नभएसँम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने निर्णय गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वामदेव गौतमले भने– समाजवाद निर्माणको जिम्मेवारी दिनुहोस्, ल्याउन नसके मृत्युदण्डका लागि तयार छु
-
दक्षिण अफ्रिकालाई हराउँदै भारत दोस्रोपटक महिला यू–१९ च्याम्पियन
-
गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्छ : सांसद सापकोटा
-
कांग्रेस र कम्युनिष्ट पार्टीहरुले खिचडी राजनीति गरिरहेका छन् : वामदेव गौतम
-
घटेन काठमाडौँ उपत्यकाको वायु प्रदूषण (तस्बिरहरू)
-
निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी गरिसक्यौँ : अर्थमन्त्री पौडेल