माछापोखरीको प्रदर्शन सामान्यतर्फ
_AX53g7fHnY.jpg)
काठमाडौँ । बालाजुस्थित माछापोखरीमा यातायात मजदुरहरुले गरेको प्रदर्शन नियन्त्रणमा आएको छ । सोमबार दिउँसोबाट मजदुरहरुले गरेको प्रदर्शन अहिले नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए ।
‘प्रदर्शन अहिले कन्ट्रोल भएको छ’ एसपी रिजालले भने । बालाजु बसपार्कमा रोकिएका सार्वजनिक सवारी पनि गन्तव्य तर्फ लागेका छन् । बालाजु–माछापोखरी क्षेत्रमा सवारी साधन चल्न थालेका छन् । बालाजुस्थित नयाँबसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर, पंकल मल्ल र हिमाल कुँवर समेत ३० जना मिलेर मजदुरहरुलाई अक्रमण गरेपछि झडपको अवस्था आएको मजदुर संगठनहरुले दावी गरेका छन् ।
३ वटा मजदुर संगठनले विज्ञप्ति प्रकाशन गरेर मंगलबारदेखि उपत्यकामा सार्वजनिक सवारी बन्द गर्ने घोषणा गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले आफ्ना १० बुँदे माग पुरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारी साधन बन्द गर्ने जानकारी दिएका हुन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन