जनकपुर अस्पताल : मेसुका भान्जा र सांसदकी श्रीमती छाड्दैनन् सरकारी निवास

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको कर्मचारी निवास अनधिकृत रूपमा प्रयोग हुँदै आएको छ । अस्पतालको कर्मचारी निवास सांसदकी श्रीमतीले अनधिकृत रूपमा प्रयोग गर्दै आएकी छिन् ।
उनले उक्त निवास खाली गर्न नमानेको बताइएको छ । अस्पतालले उक्त निवास खालि गर्न सूचना जारी गरेपनि उनले अटेरी गर्दै आएकी हुन् ।
धनुषा ४ बाट प्रदेश सभा निर्वाचित सांसद शेष नारायण यादवकी श्रीमती प्रेमा ढकालले खाली गर्न नमानेको अस्पतालका उपनिर्देश कृष्ण देव दासले बताए । उनका अनुसार उक्त निवास अरू कर्मचारीले खाली गरेपनि सांसद यादवकी श्रीमती ढकाल र पूर्व मेसु प्रमोद कुमार यादवका भान्जाले प्रयोग गर्दै आएको निवास खाली हुन बाँकी रहेको छ ।
पूर्व मेसु यादवको सरुवा गत असारमै भएपनि उक्त निवासमा भान्जा बस्दै आएका छन् । यस्तै ढकालको सेवा अवधि सकिएपनि निवास खालि गर्न नमानेको उपनिर्देशक दासले बताए । 'कर्मचारी निवास खाली गर्न उहाँहरूलाई पटकपटक जानकारी गराएको छु', दासले भने, 'अब पनि खाली नगरे पानी र विद्युतको लाइन काटेर कानुन अनुसार कारबाही अगाडि बढाउँछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई झट्का, घरेलु मैदानमै हारे बायर्न र बायर
-
फोटो खिचेरै मासिक ३० हजार, खाडी जानु परेन
-
‘गोविन्दे’ नामको जंगली हात्तीले फेरि लियो अर्को ज्यान
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरि हार्यो
-
१२ बजे, १२ समाचार : राजावादी गतिविधि बढेसँगै माओवादी अभियान स्थगितदेखि कोटिहोम घटनाका दोषीलाई कारबाहीको मागसम्म
-
प्रिमियर लिगमा लिभरपुललाई १६ अंकको अग्रता