प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह

काठमाडौँ । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले सोमबार जारी गरेको विज्ञप्तिमा करिव एक वर्ष भन्दा लामो समयदेखि सर्वोच्च अदालत कायम मुकायमको नेतृत्वमै चल्नुपर्ने अवस्था रहनु संवैधानिक व्यवस्था, लोकतन्त्र र विधिको शासन अनुकूल मान्न नसकिने उल्लेख गरिएको छ ।
प्रधानन्यायाधीशको नियुक्तिको संवैधानिक दायित्व पूरा गर्नुपर्ने सम्बन्धित निकाय तथा पदाधिकारीहरुले आफ्नो दायित्व पूरा नगरी न्यायपालिका कायम मुकायमकै नेतृत्वबाट चल्नु परिरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘अतः प्रधान न्यायाधीशको नियुक्ति प्रकृया अविलम्ब शुरु गरी प्रधान न्यायाधीशको नियुक्ति गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरुको नेपाल बार एशोसिएशन ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाले निरन्तर हाँक्दै सामुदायिक वन
-
ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर
-
प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्यो टक्कर
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन