शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

रमेश प्रसाईँ र ज्वाला संग्रौला बने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य

सोमबार, ०१ फागुन २०७९, २० : १४
सोमबार, ०१ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा सञ्चारकर्मी तथा अभियन्ता रमेश प्रसाईँ र अर्की अभियन्ता ज्वाला संग्रौला चयन भएका छन् । 

सोमबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रसाईँ र संग्रौलालाई केन्द्रीय सदस्य चयन गरेको सो पार्टीले जनाएको छ । 

दुबै जनाको सामाजिक सञ्जालमा समेत चर्चा हुने गर्छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले १६ जना केन्द्रीय सदस्य थपेको छ । यससँगै पार्टीको केन्द्रीय समिति ४० सदस्यीय पुगेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप