ङादी ग्रुप पावर कम्पनीले ५ प्रतिशत लाभांश दिने
काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ रहेको छ । कूल चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद (कर प्रयोजनका लागि) लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आगामी फागुन २५ साधारण सभा आह्वान गरेको छ । साधारण सभा प्रयोजनाका लागि कम्पनीले १० फागुनमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार प्रस्तावित लाभांश ९ फागुनसम्म कायम सेयरधनीले मात्रै प्राप्त गर्न सक्नेछन् ।
प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित भएपछि सेयधनीहरुमा वितरण गरिनेछ ।