एक हजार शिशु जन्मिँदा १० जनामा जन्मजात मुटु रोग

काठमाडौँ । एक हजारमध्ये १० जना बालबालिकामा जन्मजातरुपमै मुटुसम्बन्धी रोग देखिएको चिकित्सकहरूले बताएका छन् । एक हजार जनामध्ये दश जनामा जन्मजातै मुटु रोग लागेको अध्ययनका क्रममा पाइएको सहिद गङ्गालाल हृदय रोग केन्द्रले जनाएको छ । हृदय रोग केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले यसबारे जानकारी गराएका हुन् ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका विद्यालयहरूमा १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा यस्तो समस्या पाइएको उनको भनाइ छ ।
नगरपालिका भित्रका सरकारी विद्यालयमा ३८ सय र निजी विद्यालयमा ९ हजार १८० बालबालिकाको इको गरी मुटु परीक्षण गरिएको थियो । ३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा ९ जनामा मुटुको बाथ ज्वरो देखिएको थियो भने १४६ जना जन्मजात मुटु रोग रहेको पाइएको निर्देशक अधिकारीले बताए ।
निर्देशक अधिकारीका अनुसार मुगु र धादिङको धुनिबसी नगरपालिकाका विद्यालयमा अध्ययन गर्ने ५ देखि १५ वर्षसम्मका बालबालिकाका समेत यसबारे अध्ययन गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसलको उपाधि हिमालय कलेजले जित्यो
-
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
-
युक्रेनबाट जेलेन्स्कीलाई लखेट्न चाहन्छन् मस्क
-
विश्वकपको फाइनलमा अस्ट्रेलियासँग भोगेको नमिठो हारको बदला लिने धुनमा भारत
-
नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
-
भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा