चीनले दक्षिण चीन सागरमा डुङ्गामाथि लेजर हमला गर्यो : फिलिपिन्स

फिलिपिन्सले चीनमा दक्षिण चीन सागरमा आफ्नो डुङ्गामाथि सैन्य स्तरको लेजर लाइटले हमला गरेको आरोप लगाएको छ ।
फिलिपिन्सले आफ्नो डुङ्गा विवादित साउथ चाइना सागरमा सामान आपूर्ति गर्न जाँदै गर्दा चीनले त्यसलाई अलमल पार्न लेजर बत्ती प्रहार गरेको बताएको छ ।
लेजर लाइटका कारण फिलिपिन्सका तट रक्षकको यो डुङ्गाका कर्मचारी अस्थायी रूपमा अन्धो भएका थिए । यसै कारण डुङ्गा फर्कनु पर्यो ।
उक्त डुङ्गा दक्षिण चीन सागरमा सेकेन्ड थोमस शलमा डुबेको फिलिपिन्सको नौसैनिक पोतमा आपूर्ति गर्न गइरहेको थियो । फिलिपिन्स यो पोतको उपस्थितिमार्फत यो स्थानमा आफ्नो दाबी गर्दै आएको छ ।
चीनले यसअघि दक्षिण चीन सागरको धेरैजसो हिस्सामा दाबीका लागि पानीको फोहोरा र साइरनको प्रयोग गर्ने गर्छ ।
घटना ६ जनवरीको हो तर यसबारे जानकारी सोमबार मात्रै सार्वजनिक गरिएको छ । फिलिपिन्सले जारी गरेको विज्ञप्तिमा यो समुद्रमा फिलिपिन्सको सार्वभौम अधिकारको खुला उल्लङ्घन भएको उल्लेख गरिएको छ ।
फिलिपिन्सले आरोप लगाउँदै भनेको छ, ‘चीनको जहाजले लेजर लाइटको प्रयोग बाहेक फिलिपिन्सको जहाजको दाहिने तर्फ नजिक आउने कोसिस पनि गर्यो । यो १३७ मिटर मात्रै टाढा थियो ।’
चीनले फिलिपिन्सको यो आरोपमाथि अहिले नै कुनै प्रतिक्रिया दिएको छैन ।
सन् २०१६ मा संयुक्त राष्ट्रको स्थायी मध्यस्थता न्यायालयले दक्षिण चीन सागरमा चीनको दाबीको कुनै ऐतिहासिक आधार नभएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठुलो रकम खर्च गरेर आफ्नै पूर्वखेलाडीलाई भित्राउने तयारी गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोना
-
झापामा १५ तोला सुन चोरी
-
पोखरीमा डुबेर दुई जनाको मृत्यु
-
भक्तपुरमा जुवातास खेलिरहेका १४ जना पक्राउ
-
सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
-
बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ