शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बुढीगण्डकी आयोजनाकाे काम अगाडि बढाउँछौं : उपप्रधानमन्त्री श्रेष्ठ

'राष्ट्रिय सहमतिमै शान्ति सम्झौताको काम टुंग्याउँछौं'
सोमबार, ०१ फागुन २०७९, १६ : ०६
सोमबार, ०१ फागुन २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी आयोजना अगाडि बढाउने बताएका छन् । 

जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने बताएका हुन् ।

उनले भने, 'गोरखाका जनताको आशा बढेको छ । आशा बढ्नु पनि स्वाभाविक नै हो । प्रधानमन्त्री यसै जिल्लाको हुनुहुन्छ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री म पनि यसै जिल्लाको छु । गोरखाको विकासका लागि प्रधानमन्त्री ज्यूले मलाई निर्देशन दिनुभएको छ । यो जिल्लाको विकासका लागि प्रधानमन्त्री, म र अर्थ मन्त्री बसेर छलफल पनि गरेका छौँ । यस जिल्लाको विकास नगरेर हामीलाई छुट छैन । गोरखाका योजना हामी  पुरा गर्छौं', उनले भने, 'यस जिल्लामा खानेपानीको समस्या समाधान गछौं । घरघरमा खानेपानी पुर्याउछौं । गाउँपालिका जोड्ने सडक पिच गर्छौं । बुढीगण्डकी आयोजना अगाडि बढाउँछौं । बेनीघाट सडकको बजेट बढाएर काम गर्छौं ।' 

उनले वर्तमान सरकारले सामाजिक न्यायसहितको विकास गर्न चाहेको बताए । उनले अहिलेको सरकार जनताका आधारभूत आवश्यकता पुरा गर्न लागिपरेको बताए । उनले राजधानी तथा ठूला सहरको मात्र विकास नभई गाउँ तथा दुर्गम क्षेत्रको विकासमा सरकार लागेको बताए । नयाँ ढाँचाको विकास गर्ने भन्दै उनले अब धनी र गरिबबीचको खाडल पुर्नै काम भइरहेको बताए । उनले सरकारले विकास र समृद्धिको कामलाई तीव्रता दिएको पनि बताए । 

यस्तै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदा ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेकाले राष्ट्रिय सहमतिको आवश्यक भएको बताए । उनले राष्ट्रिय सहमतिमै शान्ति सम्झौताको बाँकी काम चाडै टुंगोमा पुर्‍याउने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप