विनोद मेहराले रेखालाई पत्नीको हैसियत दिन सकेनन् : श्रीमतीले पनि छोडिन्, ३ विवाह टुट्यो, मृत्युपछि छोरा जन्मियो
हिन्दी सिनेमाका चर्चित अभिनेता, निर्देशक तथा निर्माता विनोद मेहराको आज ७८औँ जन्म जयन्ती हो । अमर प्रेम, घर, जानी दुस्मन, नौकर बिवी का जस्ता करिब १०० फिल्ममा अभिनय गरेका विनोद मेहरा निकै सुन्दर र प्रतिभाशाली अभिनेता थिए तर दुःखको कुरा उनको व्यक्तिगत जीवन तीन असफल विवाह, दुई विवाहेत्तर सम्बन्ध र अफवाहका कारण प्रभावित भएको थियो । रेखासँग विनोद मेहराको सम्बन्ध सधैँ प्रश्नको घेरामा रह्यो । थुप्रै रिपोर्टलाई विश्वास गर्ने हो भने विनोदले रेखालाई विवाह गरेर घर लिएर गएका थिए तर उनकी आमाले यो विवाह स्वीकार गरिनन् र रेखालाई तुरुन्त घरबाट निकालिदिइन् ।
आज उनको जन्म जयन्तीमा उनको अधुरो सम्बन्धबारे केही जानकारी लिऔँ ।
रेखाले कहिल्यै विनोदकी पत्नीको हैसियत पाइनन्
विनोद मेहराले रेखासँग पनि विवाह गरेका थिए तर दुवैले यसलाई सार्वजनिक रूपमा स्वीकार गरेनन् । लेखक यासिर उस्मानले आफ्नो पुस्तक रेखा: एन अनटोल्ड स्टोरीमा उनीहरूको विवाहको पुष्टि गरेका छन् । उनको पुस्तक अनुसार विनोद मेहराले रेखासँग पहिलो विवाह गरेका थिए । दुवैले कोलकातामा विवाह गरे र त्यसपछि विनोदले उनलाई घर ल्याए । रेखा उनको घर पुग्ने बित्तिकै उनकी आमा रिसले आगो भइन् । आमाले खुट्टाको चप्पल निकालिन् र त्यसैले हिर्काउन ठिक्क परिन् ।
रेखाले विनोदकी आमाको खुट्टा छुन खोज्दा उनले रेखालाई धकेलिन् र घरबाट निकाल्नु अघि गाली गर्दै चप्पलले हानिन् । विनोद मेहराले घरको स्थिति नियन्त्रण गरेपछि कुनै विकल्प देखेनन् तब उनले रेखालाई आफ्नो घर फर्किन आग्रह गरे । उनी फर्किइन् र केही वर्ष पछि नै यो विवाह टुट्यो । त्यस लगत्तै विनोदको परिवारले उनका लागि केटी खोज्न सुरु गरेका थिए ।
दोस्रो विवाह गरे तर हृदयाघात भएपछि सम्बन्ध टुट्यो
आधा दर्जन चलचित्रमा बाल कलाकार बनेपछि विनोद मेहराले १९७१ को फिल्म ‘एक थी रिटा’ बाट हिरोको रूपमा आफ्नो करियरको सुरुवात गरेका थिए । पहिलो फिल्मबाटै हिट भएका विनोद मेहरा आफ्नो करियरको शिखरमा पुगे । २९ वर्षीय विनोद मुम्बईमा एक्लै बस्थे । त्यति बेला परिवारका सदस्यले मिना बोक्रासँग उनको सम्बन्ध निश्चित गरे । एक भेटघाट पछि उनको परिवारले दुईको विवाह पक्का गरिदिए ।
मीना गृहिणी थिइन्, जो मुम्बई आएर विनोदसँग बस्न थालिन् । बिहेको केही समयपछि विनोदलाई हृदयाघात भयो र यसका लागि उनकी श्रीमतीलाई जिम्मेवार ठहराइयो । विनोदको हालतमा केही समयपछि पक्कै सुधार भयो तर उनको र उनकी श्रीमतीको सम्बन्ध भने बिग्रियो । सन् १९७८ मा मीनाले विनोदसँग डिभोर्स गरिन् ।
बिन्दिया गोस्वामीसँग विवाहको खबर फैलिएपछि पहिलो श्रीमतीका परिवारले दिएका थिए धम्की
विनोद मेहराले सन् १९७८ मा मोनासँग सम्बन्ध विच्छेद गरे पनि त्यसको वर्षौँ अघिदेखि उनीहरुबीचको झगडाले उनीहरू नाम मात्रैका श्रीमान्–श्रीमती भएका थिए । श्रीमतीसँग झगडाको बीचमा नै विनोद र उनकी सहकर्मी बिन्दिया गोस्वामीबीच निकटता बढ्यो । बिन्दिया गोस्वामी उमेरमा विनोद मेहराभन्दा १६ वर्ष कान्छी थिइन् । यी दुईले विवाह पनि गरेका थिए तर एक दिन उनीसँग नजिक भएका एक व्यक्तिले विवाहको खबरबारे जानकारी दिए तब विनोदकी श्रीमती मिना ब्रोक्रा र उनको परिवार असाध्यै रिसाएको थियो ।
रिसाएर मीनाका भाइहरूले विनोद र बिन्दियालाई धम्की दिए । बिन्दिया गोस्वामी धम्कीबाट यति डराएकी थिइन् कि उनले आफ्नो घर छोडिन् र भिन्न भिन्न होटेलमा लुक्न सुरु गरिन् ।
विनोद मेहरालाई छाडेर बिन्दियाले जे.पी. दत्तसँग विवाह गरिन्
मीनाको परिवारबाट धम्की बढेपछि बिन्दियाले अचानक विनोद मेहरालाई छोडेर जेपी दत्तसँग विवाह गरिन् । मीनासँग सम्बन्धमा हुँदा नै विनोद र बिन्दियाको अफेयर सुरु भएजस्तै विनोदसँग सम्बन्धमा रहँदा नै बिन्दिया र जे.पी गुप्ता नजिकिए । सन् १९८४ मा विवाह टुटेपछि विनोद निकै तनावमा हुन थाले । यद्यपि, उनी जेठी श्रीमती भए ठाउँ गएनन् ।
चार वर्षपछि गरे चौथो विवाह
विनोद मेहराले सन् १९८८ मा केन्याका यातायात व्यवसायीकी छोरी किरणसँग चौथो विवाह गरेका थिए । सन् १९८८ मा विनोदकी पत्नी किरणले छोरी सोनियालाई जन्म दिइन् । दुवै जना सुखी जीवन बिताइरहेका थिए तर विनोदको अचानक मृत्युले सबै कुरा समाप्त गरिदियो ।
विनोदको मृत्युपछि छोराको जन्म भयो
विनोद मेहरालाई ३० अक्टोबर १९९० मा हृदयाघात भयो, जसका कारण उनको मृत्यु भयो । विनोद मेहरा जम्मा ४५ वर्षका थिए । उनको मृत्युको ७ महिनापछि छोरा रोहन मेहराको जन्म भएको थियो । विनोदको निधन हुँदा उनकी श्रीमती २ महिनाकी गर्भवती थिइन् । छोरी सोनिया पनि साढे दुई वर्षकी मात्रै थिइन् ।
विनोदको मृत्युपछि उनकी विधवा पत्नी किरण केन्या फर्किइन् । उनले मोम्बासामा बसेर बच्चाहरूलाई हुर्काइन्, त्यसपछि बच्चाहरू अध्ययनको लागि बेलायत गए ।
विनोद मेहराका छोराछोरी फिल्ममा आइसके
विनोदकी छोरी सोनियाले सन् २००७ को फिल्म भिक्टोरिया नम्बर २०३ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यद्यपि फिल्मले खासै कमाल गर्न सकेन । जबकि उनका छोरा रोहनले निखिल आडवाणीको सन् २०१८ को फिल्म बजारबाट बलिउडमा डेब्यू गरे । फिल्ममा उनीसँगै सैफ अली खान, राधिका आप्टे, चित्रांगदा सिंह पनि मुख्य भूमिकामा थिए ।
विनोद मेहराले धेरै फिल्म अधूरा छोडेका थिए
विनोद मेहराले फिल्म गुरुदेवबाट निर्देशक र निर्माताको रूपमा आफ्नो दोस्रो यात्रा सुरु गरेका थिए । यस फिल्ममा उनले श्रीदेवी, ऋषि कपूर, अनिल कपूरलाई कास्ट गरेका थिए । तर, फिल्म बन्नुअघि नै १९९० मा विनोदको मृत्यु भयो । विनोदको मृत्युपछि निर्देशक राज सिप्पीले आफ्नो अधूरो फिल्म पूरा गरे । यो फिल्म विनोदको मृत्युको तीन वर्षपछि १९९३ मा रिलिज भएको थियो । विनोद मेहराका फिल्म पत्थर के फूल (१९९१), इन्सानियत (१९९४) र औरत औरत औरत (१९९६) पनि उनको मृत्यु पछि रिलिज भएका थिए ।