टर्कीका भूकम्प पीडितलाई चेम्बरद्वारा राहत सामग्री सहयोग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भूकम्प पीडित टर्कीका नागरिकलाई राहत सामाग्री सहयोग गरेको छ । टर्कीको गएको महाभूकम्पका कारण प्रभावित भएका नागरिकहरुका लागि मानवीय सहायता स्वरुप चेम्बरले अक्सिजन कन्सन्ट्रेट र पस्मिनाका सामाग्रीहरु सहयोग गरेको हो ।
टर्कीका प्रभावित नागरिकका लागि ५ सय थान पस्मिनाका बस्तु र अक्सिजन कन्सन्ट्रेट सहयोग गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।
नेपालमा २०७२ सालको बिनासकारी भूकम्प जाँदा टर्कीले पनि राहत सामाग्री उपलव्ध गराएको स्मरण गर्दै अध्यक्ष मल्लले प्राकृतिक विपदमा एक अर्का देशका नागरिकलाई मानवीय दृष्टिकोणले सहयोग गर्नुपर्ने बताए ।
चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यकता अनुसार नेपालीहरुलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ ।
चेम्बर अफ कसर्सले यसअधि अफगानस्तानमा पनि मानवीय सहायता अन्र्तगत आर्थिक सहयोग गरेको थियो । परराष्ट्रमन्त्रालयको समन्वयमा चेम्बर अध्यक्ष मल्ल सहितको टोलीले अफगानस्तानमा नै पुगेर सहयोग सामाग्री हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन
-
बलियो दिल्लीलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने योजना बुन्दै राजस्थान
-
आगामी बजेटका चुनौती