मधेसका ५४० सहिद परिवारलाई एक लाखको दरले आर्थिक सहयोग
सोमबार, ०१ फागुन २०७९, १५ : ०१
जनकपुरधाम । जनयुद्धमा सहादत प्राप्त गरेका मधेस प्रदेशका ५ सय ४० परिवारलाई एक÷एक लाखको दरले आर्थिक सहयोग गरिएको छ ।
सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस भवनमा आयोजित एक समारोहमा सहिद परिवारहरूलाई नगद रुपैयाँ हस्तान्तरण गरिएको हो ।
प्रदेश सरकारले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रममा प्रमुख अतिथि रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सहिद परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेका थिए ।
यस्तै केही सहिद परिवारलाई बैंक खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।
उपराष्ट्रपति पुनले जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीडेनको मुख्य शहर ओरेब्रोस्थित स्कुलमा गोलीबारी, आक्रमणकारीसहित १० को मृत्यु
-
स्याङ्जाको अर्जुनचौपारीमा ‘नेपालकै पहिलो’ नवग्रह मन्दिर
-
दशौँ राष्ट्रिय खेलकूद : सुदूरपश्चिमको छनोट धनगढी र महेन्द्रनगरमा
-
१२ बजे, १२ समाचार : झापामा गोली चल्योदेखि रविविरुद्ध चितवनमा पनि मुद्दा दायरसम्म
-
कांग्रेसका जनप्रतिनिधिले हरेक २ महिनामा प्रगति विवरण पार्टीलाई बुझाउनु पर्ने
-
झापामा गोली चल्यो, एक जना घाइते