उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन
सोमबार, ०१ फागुन २०७९, १४ : ००
काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् । हिजो साँझ त्यहाँ पुगेका उनले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिए । जीपलाइनको अनुभव लिँदै उनले भने, “जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।”
करिब रू तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै
-
चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप
-
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
-
यी हुन् कार्तिक मसान्तसम्म सर्वाधिक निर्यात भएका पाँच वस्तु
-
संसद्वादी दललाई विप्लवको चुनौती– ०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार छौँ
-
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छ : सभापति बानियाँ