कतारको राष्ट्रिय खेलकुद दिवसमा नेपाली दूतावास बन्द रहने

काठमाडौँ । कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपाली राजदूतावास बन्द रहनेछ । २ फागुन २०७९ अर्थात १४ फेब्रअरी २०२३ को दिन दूतावास बन्द रहन लागेको हो । फागुन ३ गतेदेखि दूतावास पूर्ववतरूपमा खुला रहने दूतावासले जनाएको छ । दिवसको अवसरमा कतारले सार्वजनिक विदा दिएको र उक्त दिन अत्यावश्यक काम बाहेक सबै बन्द रहने दूतावासले जनाएको छ ।
कतारले हरेक वर्षको १४ फेब्रअरीमा ‘नेशनल स्पोर्ट डे’ मनाउँदै आएको छ । त्यो दिन कतारभर सार्वजनिक विदा दिने गरिएको छ । कतारले सन् २०१२ मा पहिलो पटक राष्ट्रिय खेलकुद दिवस मनाएको थियो । खेलकुदलाई प्रवद्र्धन गर्नुका साथै विभिन्न रोगका कारण जीवनशैलीमा देखिने गरेका जोखिम कम गर्न स्थानीय जनतालाई शिक्षित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी, उप–अमिर र उत्तराधिकारीले सन् २०११ को डिसेम्बरमा एक आदेश जारी गरेका थिए । उक्त आदेशमा फेब्रअरीको दोस्रो मंगलबार कतारको राष्ट्रिय खेलकुद दिवस मनाउने भन्ने थियो । सोही आधारमा हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला