विराटनगर विमानस्थलको आन्तरिक टर्मिनल भवन बन्दै

विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरिने भएको छ । भ्याट बाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन निर्माण गरिने भएको हो । टर्मिनल भवनको सोमबार पर्यटन मन्त्री सुदन किरातीले शिलान्यास गरे । टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठुलो भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ । गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको छ ।
विमानस्थलको दिर्घकालीन विकासका लागि देशकै ठूलो टर्मिनल भवन निर्माण गर्न लागिएको उनले बताए । विमानस्थलको धावन मार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको थियो । तर बजेट अभावमा अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा भयो । विमानस्थल विस्तारको योजना तत्काल अघि नबढे पनि टर्मिनल भवन भने निर्माण गर्न लागिएको हो ।
तीन वर्षभित्र टर्मिनल भवन निर्माण ठेक्का केसी डाफे जेभीले लिएको छ । यसअघि २०२५ सालमा विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो । पुरानो टर्मिनल भवन भएको स्थानमा भने पार्किङ स्थल बनाउने तयारी छ । विमानस्थलको टर्मिनल भवन प्रदेश १ को विकासमा कोशेढुङ्गा सावित हुने बताए । उनले ठेकेदारलाई समयमा नै काम सम्पन्न गर्न निर्देशन दिए ।
धावन मार्ग थपको तयारी
विराटनगर विमानस्थलको धावन मार्ग पनि विस्तार गरिने भएको छ । महानिर्देशक अधिकारीका अनुसार धावन मार्ग २७० मिटर विस्तार गरिने छ । विमानस्थलको धावन मार्ग एक हजार ५ सय मिटर छ । ठूला जहाजलाई सहज रुपमा उडान अवतरणका लागि धावन मार्ग थप गर्न लागिएको महानिर्देशक अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प प्रशासनले फिर्ता लियो यूएनको खाद्य कार्यक्रमको फन्डिङ कटौतीको निर्णय
-
युनुसलाई बङ्गलादेश चलाउने कुनै संवैधानिक अधिकार छैनः हसिना
-
तस्बिरमा हेर्नुहोस् अछाम आगलागीले पुर्याएको क्षति
-
नेपालको विजयी सुरुवात, ब्याट्सम्यानहरु लयमा देखिएपछि कतारलाई सजिलै हरायो
-
सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूमा स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा भने तालाबन्दी
-
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड दैनिक चार घण्टा बन्द