कोरोनाविरुद्धको बाइभ्यालेन्ट खोप काठमाडौँ आपुग्यो
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर (नयाँ बाइभ्यालेन्ट खोप) को पहिलो खेप काठमाडौंमा आइपुगेको छ । ओमिक्रोनको नयाँ भेरियन्टलाई समेत काम गर्ने बाइभ्यालेन्ट खोपको ३ लाख ४५ हजार मात्रा सोमबार बिहान काठमाडौँ आइपुगेको हो । बाइभ्यालेन्ट खोपको पहिलो खेप काठमाडौँ आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए ।
प्रमुख डा.चौरसियाका अनुसार चौथो महामारीपछि कोभ्याक्स सुविधाअन्तर्गत सुनिश्चित गरी केही समयका लागि रोकिएको ६० लाख मात्रा खोपमध्ये १५ लाख ८८३ मात्राको पहिलो खेप अहिले ल्याइएको हो । दोस्रो र तेस्रो खेपमा ११ लाख ५४ हजार ११७ मात्रा खोप ल्याउने तयारी सरकारले गरेको छ । बाइभ्यालेन्ट खोप गाभीमार्फत नेपाल सरकारले प्राप्त गरेको हो ।
आज आएको खोप टेकु भण्डारण केन्द्रमा राखिनेछ । त्यसपछि देशभरका भण्डारण केन्द्रमा पठाइने शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रिमियर लिग खेल्न आइपुगे वाल्टन
-
एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबिच भेटवार्ता
-
धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै
-
प्रधानमन्त्री ओली अभिव्यक्तिप्रति चिनियाँ राजदूतको असन्तुष्टि
-
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबिच सम्झौता
-
राष्ट्रपतिलाई उपराष्ट्रपतिले धम्की दिएपछि...