बार्सिलोनालाई ११ अंकको अग्रता

बार्सिलोना । भिल्लारियालमाथि संघर्षपूर्ण जीत हासिल गर्दै बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा ११ अंकको अग्रता बनाउन सफल भएको छ । खेलको १८ औँ मिनेटमा पेड्रीले गरेको एक मात्र गोल निर्णायक बनेको थियो ।
२६ पटकको लिग विजेताको यो लगातार छैटौँ जीत हो । पछिल्लोपटक डिसेम्बरमा रियल मड्रिडसँग पराजित भए यता ज्याभी हर्नान्डेजको टोलीले मात्र ७ गोल खाएको छ ।
साबिक विजेता रियल फिफा क्लब विश्वकपका लागि व्यस्त रहँदा बर्साले आफ्नो अग्रता अझै फराकिलो बनाउने अवसर पाएको हो । हालै क्लब विश्वकपको उपाधि जितेको रियल फेब्रुअरी १५ मा इल्चेसँग भिड्नेछ । २१ खेलबाट बार्साका ५६ अङ्क रहेको छ भने एक खेल कम खेलेको रियलको ४५ अङ्क छ ।
अन्य खेलमा एट्लेटिको मड्रिडल ेसेल्टा भिगोलाई १–० गोलले हरायो भने गेटाफे र रायो भायोकानो तथा रियल भालाडोलिड र ओसासुनाले बराबरीमा चित्त बुझाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनकारी शिक्षकले आफ्ना सन्तानलाई सरकारी स्कुलमै पढाउने दिन कहिले आउला ?
-
नेपाली सेनामा काम गर्ने प्रथम नेपाली महिला ज्ञानी शाह को हुन् ?
-
‘२०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ’
-
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : अध्यक्ष प्रचण्ड
-
प्रसिद्धको शानदार बलिङबिच दिल्लीद्वारा २ सय ४ रनको लक्ष्य प्रस्तुत
-
ट्रम्पलाई अदालतको झट्का : दुई भेनेजुएली नागिरकको देश निकालामा अस्थायी रोक