विवादले घेरिएको सिटीको सहज जीत

म्यानचेस्टर । साबिक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई हराउँदै शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी घटाएको छ । प्रिमियर लिगले विभिन्न १ सय वटा नियम तोडेको आरोप लगाएपछि विवादमा रहेको सिटीले ३–१ गोलको सहज जीत हासिल गरेको हो ।
सिटीले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । खेलको चौथो मिनेटमा नै रोड्रीले सिटीलाई अग्रता दिलाए । ३९ औँ मिनेटमा अर्लिङ हालान्डको पासमा इल्के गुन्डोगानले टोलीको अग्रता दोब्बर बनाए । ज्याकब रामसेले ज्याक ग्रिलिसलाई बक्सभित्र लडाएपछि सिटीले पेनाल्टी पायो । जसलाई रियाद महारेजले सजिलै गोलमा परिणत गरे ।
दोस्रो हाफमा बर्नार्डो सिल्भाको गल्तीको फाइदा उठाउँदै ओली वाटकिन्सले भिल्लाका लागि एक गोल फर्काए पनि उक्त गोल सान्तवना गोलमात्र बन्न पुग्यो । २२ खेलपछि सिटी ४८ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको आर्सनलको ५१ अङ्क रहेको छ । भिल्ला भने २८ अङ्कसहित लिगको ११ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अलपत्र बन्यो अध्यादेश, एमसीसीका लागि चार विकल्प
-
रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने
-
पूर्वी युक्रेनमा रुसी हमला : ५ जनाको मृत्यु
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु