नेपाल औषधी लिमिटेडको रिक्त महाप्रबन्धकका लागि दरखास्त आह्वान
काठमाडौँ । नेपाल औषधी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्न दरखास्त आह्वान गरिएको छ । महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिको दरखास्त आव्हान सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
यो सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन कार्यालय समयभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयको सिंहदरबारस्थित सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिन सूचना प्रकाशन गरिएको छ । यस पदका लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित जनस्वास्थ्य, फार्मेसी विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको र दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कास्कीले भन्यो– लामिछानेको रिहाइले सत्यको जीत
-
राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?
-
शीतलहरले तराईमा जनजीवन प्रभावित
-
बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन खुल्यो
-
नयाँ क्षेत्रसम्म पुग्यो लस एन्जलसको डढेलो, मर्नेको संख्या पनि बढ्यो
-
सरकार विरोधी प्रदर्शनपछि भेनेजुएलामा विपक्षी नेतृ माचादो पक्राउ