पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकको किटानी जाहेरी

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन् । शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपियाँ शङ्कास्पद रूपमा ल्याएको खुलेपछि सीआईबीले शाहसहित छ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै छ।
सीआईबीका निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले हालसम्म नौ जना अमेरिकी नागरिकले आफू ठगिएको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएको बताए । सीआईबीको अनुसन्धानमा शाहसहित सङ् गठित समूहले अमेरिकाबाट ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर विभिन्न कम्पनीको नाममा भित्र्याएको खुलेको छ। त्यही अभियोगमा शाहसहित छ जनालाई गत पुस २२ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। शाहको नाममा रहेका अन्य कम्पनी र त्यसका सञ्चालकसमेत अवैध रकम भित्र्याउन सहयोगी भएको हुन सक्नेबारे समेत ब्युरोले अनुसन्धान गरिरहेको छ । शाहसहितको समूहले विभिन्न नक्कली कागजपत्र तयार गरी विभिन्न बैङ्कबाट ऋण लिएको पाइएपछि ब्युरोले सरकारी कागजात किर्तेमा पनि मुद्दा चलाउने तयारी गरेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रदेशमा राति पानी पर्ने सम्भावना
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
-
क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा
-
बागमती सरकारले लेखापरीक्षण र साधारणसभा नगर्ने सहकारीको जोखिम नियन्त्रण गर्ने