राजनीतिकर्मीले प्रेस स्वतन्त्रतामाथि हमला गर्न सक्दैन : सांसद बजगाईं

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता परिपूरक भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले प्रेसले लेखेको समाचारको मूल्याङ्कन समयले गर्ने बताए । ‘नेपाली प्रेस जगतमा पदम ठकुराठी बराबरमा धेरै सम्मानित प्रकाशक र सम्पादक हुनुहुन्छ । प्रेसले के लेख्छ, के छाप्छ, के प्रसारण गर्न समयले मूल्याङ्कन गर्छ । प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता परिपूरक छन्,’ उनले भने ।
यस्तै राजनीतिकर्मीले प्रेस स्वतन्त्रतामाथि हमला गर्न नहुने बताए । एक साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियामा खनिएकोप्रति लक्षित गर्दे उनले भने, ‘एक तन्त्रीय जर्मन कालमा पनि प्रेस स्वतन्त्र थियो । एक राजनीतिकर्मीले प्रेस स्वतन्त्रतामाथि हमला गर्न सक्दैनन् ।’ सामाजिक सञ्जालको प्रयोग गर्दा व्यक्तिगत स्वतन्त्रताको कानुनी मर्यादा भुल्न नहुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : २२ वर्षीय युवकले पारे एक करोड झ्वाम, पूर्व प्रदेश प्रमुख फरार
-
लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन
-
संयन्त्रको बैठकपछि गृहमन्त्रीले भने, ‘कांग्रेस र एमालेबिच कुनै समस्या छैन’
-
नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागको संयोजकमा महतो नियुक्त
-
साउनयता चितवन कारागारका २९ जना कैदीले लिए सुविधा
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत