शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोइला अभावमा हेटौंडा सिमेन्ट उद्योग बन्द

आइतबार, २९ माघ २०७९, २१ : ४९
आइतबार, २९ माघ २०७९

मकवानपुर । कोइलाको अभावमा हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । 

उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ ।

उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गते भित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भुटान र पाकिस्तानबाट आयात गरी ल्याउँदै गरेको छ ।

सो उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, हेटौँडालगायत सहरमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप