अफगानिस्तानमा हतियारको भण्डार फेला

पुल-ए-खुम्री । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा विभिन्न किसिमका हतियार र गोलाबारुद भएको भण्डारण फेला परेको छ ।
प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले आइतबार दिएको जानकारी अनुसार सूचनाको आधारमा प्रहरीले शनिबार राति प्रान्तीय राजधानी पुल–ए–खुम्री शहरको एक घरमा छापा मारेर एक थान रकेट प्रोपेल्ड ग्रेनेड, पाँच एके–४७, १३ थान पेस्तोल र १३ थान हतियारसहित ठूलो परिमाणमा हातहतियार बरामद गरेको हो ।
सुरक्षा बलले पछिल्ला केही दिनहरूमा बाघलान र छिमेकी कुन्दुज र समंगन प्रान्तहरूबाट हातहतियार खोजी अभियानका क्रममा हजारौं हतियार र गोलाबारुद बरामद गरेको छ ।
कार्यवाहक सरकारले युद्धग्रस्त अफगानिस्तानमा शान्ति र सुरक्षालाई स्थिर गर्ने प्रयासको रूपमा सुरक्षा निकाय बाहेक अरू जो कोहीसँग भएको भएपनि हतियार बरामाद गर्ने अभियान चलाएको छ ।(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी