एन्फा र शिखर इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ए डिभिजन लिगका खेलाडीहरुको समूह व्यक्तिगत दुर्घटना र समूह चिकित्सा बीमा सम्झौता भएको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राई र शिखर इन्स्योरेन्सका सहायक महाप्रबन्धक प्रार्थना शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार शिखर इन्स्योरेन्सले खेलाडीको दुर्घटनामा मृत्यु भएमा १० लाख रुपैयाँ उपलब्ध गराउने छ । साथै दुर्घटनामा घाइते भएका लिगका पहिलो पाँच खेलाडीलाई रु ५ लाख र लिगका बाँकी खेलाडीलाई रु १ लाख ५० हजार उपचार खर्च समेत प्रदान गरिनेछ ।
यसअघिको बैठकमा ए डिभिजन क्लबहरूसँग भएको सहमतिअनुसार राष्ट्रिय टोलीका खेलाडीको प्रिमियम एन्फाले तिर्नेछ भने बाँकी खेलाडीको प्रिमियम सम्बन्धित क्लबले ब्यहोर्नु पर्नेछ ।
दुई पक्षबीच भएको सम्झौता एक वर्षको लागि मान्य हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य
-
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही
-
ला लिगामा बार्सिलोनाले अंक दुरी बढायो, रियाल मड्रिड दबाबमा
-
ठूला योजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश