सेना दिवसमा सहभागी हुन भारतीय सेनाध्यक्षलाई निमन्त्रणा

काठमाडौँ । नेपाली सेनाको २६० औँ वार्षिकोत्सवमा सहभागी हुन भारतीय सेनाध्यक्षलाई निम्ता गरिएको छ । सेना स्थापनाको २६० औँ वर्षको अवसरमा फागुन ६ मा नेपाली सेनाले स्थापना दिवस मनाउँदै छ ।
सैनिक दिवसको अवसरमा भारतीय सेनाध्यक्ष मनोज पाण्डे सहित १२ जनालाई निमन्त्रणा गरिएको नेपाली सेनाका प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए । सैनिक प्रवक्ताका अनुसार मानार्थ महारथीको पदवी पाएका भारतका ११ जना पूर्व सेना प्रमुखहरूलाई निम्ता पठाइएको छ । को–को आउने भन्नेबारे यकिन नभएको सहायक रथी भण्डारीले जानकारी दिए ।
‘भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे सहित १२ जनालाई बोलाएका छौँ’ सैनिक प्रवक्ता भण्डारीले भने,‘उहाँहरु मध्ये को–को आउनुहुन्छ भन्नेबारे निश्चित भैसकेको छैन ।’
भारतीय पूर्व सेना प्रमुख र वर्तमान सेना प्रमुखको सम्मानमा जङ्गी अड्डाले ‘चिफ्स कन्क्लेभ’ कार्यक्रम राखेको छ । आर्मी डेको अवसरमा फागुन ६ मा सैनिक मञ्चमा भव्य समारोह आयोजना गरिँदै छ ।
नेपाल र भारतका सैनिकले एक अर्कालाई मानार्थ महारथीको पदवी दिने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण